जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु
बिहीबार, २१ पुस २०७९, २० : १३

जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्ला बसपार्कबाट रारा लिहीतर्फ जाँदै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भई तिला नदीमा खस्दा तातोपानी –१ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला – ३ का २० वर्षीय आकाश थापाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार पुरन सार्कीको घटना स्थलमा र आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना भएको अटो तिला ३ को श्रीवेणीस्थित कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको डिएसपी चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला