बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सेभेन थ्री स्पोर्टस्ले बिहीबार १ करोड क्यानलाई पठाएको छ : क्यान अध्यक्ष चन्द

बिहीबार, २१ पुस २०७९, १९ : ४६
बिहीबार, २१ पुस २०७९

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्रीस्पोर्ट्ससँगको सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन्  । नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरशः पालन नभए रद्द गर्ने बताएका हुन् । 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष चन्दले साझेदार कम्पनी प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौता अनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए । सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया नेपालमा प्रतियोगिता आयोजनाका लागि सुरक्षा चुनौती भएको भन्दै सोमबार भारत गएका थिए । 

नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुने समेत बताए । पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा पहिलो किस्ता बापत १ करोड २० लाख दिइसकेको  र बिहीबार एक करोड पठाएको अध्यक्ष चन्दले जानकारी दिए । सम्झौता अनुसारको बाँकी रकम पनि ल्याउने अध्यक्ष चन्दले बताए । अध्यक्ष चन्दले फ्रेन्चाइज टिमहरू खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको पनि जिकिर गरे । चन्दले केही टोलीको पारिश्रमिक मालिकहरूले उपलब्ध गराएको र केही टोलीको पारिश्रमिक प्रतियोगिताको अवधि भर उपलब्ध गराउन पहल गर्ने र प्रतियोगिता पूर्ण रूपमा आयोजना हुने दाबी गरे ।

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चार माध्यममा आएपछि क्यानले गरेको सम्झौतामा अनेकौँ टिका टिप्पणी हुन थालेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप