सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने

ललितपुर । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि आयोजना हुने भएको छ । बिहीबार ललितपुर टेबलटेनिस क्लबले पत्रकार सम्मेलन गरेर माघ १७ देखि २१ गतेसम्म आयोजना गर्ने जनाएको हो ।
प्रतियोगिता आयोजनाका लागि बिहीबार आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच प्रायोजन सम्झौता भयो । यससँगै सम्झनाले प्रायोजन पाँचौपल्ट गर्न लागेको हो । सम्झौता ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान प्रदान भयो । सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपैयाँ मध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले व्यहोर्ने बताइएको छ ।
प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, थाइल्याण्ड, युएई, जापान, फ्रान्स, इङ्गल्याण्ड, दक्षिण कोरियाका करिव पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितमा पुरुष/महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात विधामा खेल हुनेछ । एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दश हजार तथा तेस्रोलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा