सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

उपरथी प्रेम प्रकाश शाही सैनिक प्रहरीको हिरासतमै

सैनिक प्रवक्ता भन्छन्–आन्तरिक छानबिन भइरहेको थियो
बिहीबार, २१ पुस २०७९, १८ : २१
बिहीबार, २१ पुस २०७९

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि सेनाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस १९ मा उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

निरिक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाहीमाथि आर्थिक अनियमितता गरेको आरोप छ । छानबिनको क्रममा उनलाई जंगी अड्डा स्थित ब्यारेकमा राखिएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।

सैनिक स्रोतका अनुसार अहिले उनलाई सैनिक प्रहरी गणमा राखिएको छ । सैनिक प्रवक्ता भण्डारीले आर्थिक अनुशासनबारे प्रश्न उठेपछि शाहीलाई छानबिन गरिएको बताए । उनी भन्छन्,‘अलि पहिले देखी नै उहाँमाथि आन्तरिक छानबिन भइरहेको थियो, छानबिन सक्नुपर्ने भएको हुनाले अहिले उहाँलाई जंगी अड्डामै राखिएको छ ।’

बिहीबार सैनिक प्रहरीले बुढानिलण्ठस्थित घरमा छापा मारेको बताइएको छ । तर, सैनिक प्रवक्ता भण्डारीले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप