उपरथी प्रेम प्रकाश शाही सैनिक प्रहरीको हिरासतमै

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि सेनाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस १९ मा उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
निरिक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाहीमाथि आर्थिक अनियमितता गरेको आरोप छ । छानबिनको क्रममा उनलाई जंगी अड्डा स्थित ब्यारेकमा राखिएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
सैनिक स्रोतका अनुसार अहिले उनलाई सैनिक प्रहरी गणमा राखिएको छ । सैनिक प्रवक्ता भण्डारीले आर्थिक अनुशासनबारे प्रश्न उठेपछि शाहीलाई छानबिन गरिएको बताए । उनी भन्छन्,‘अलि पहिले देखी नै उहाँमाथि आन्तरिक छानबिन भइरहेको थियो, छानबिन सक्नुपर्ने भएको हुनाले अहिले उहाँलाई जंगी अड्डामै राखिएको छ ।’
बिहीबार सैनिक प्रहरीले बुढानिलण्ठस्थित घरमा छापा मारेको बताइएको छ । तर, सैनिक प्रवक्ता भण्डारीले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत सुनेर के पाउँछस् ?
-
महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य
-
तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ – नेपाली कांग्रेस
-
त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति
-
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले दिए राजीनामा
-
गन्तव्य बिचपानी