सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
राजनीति

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

बिहीबार, २१ पुस २०७९, १६ : ०४
बिहीबार, २१ पुस २०७९

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाँच दिनको समय दिएर प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आह्वान गरेका हुन् । 

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको  समय प्रदेश प्रमुख गुरुङले दिएका छन् । 

‘निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको मिति २०७९-८-२९ को निर्णयअनुसार पुस २ गते  पेश हुन आएकाले गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालीको संविधान २०७२ को धारा १६८ को उपधार (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले नेपालको  संविधानको १६८ को उपधार (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ति गर्नका लागि पौष २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गदर्छु,’ प्रदेश प्रमुख गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

g

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप