नेप्सेको कारोबार ५ अर्ब कट्यो, आधा दर्जन कम्पनीको मूल्यमा सर्किट

काठमाडौँ । लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार कारोबार ५ अर्बमाथि कटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १८.०९ अङ्कले बढ्दै २१४३.९३ विन्दुमा पुग्दा ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन पनि सबैभन्दा बढी हिमालयन डिस्टिलरीको ४३ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको २ हजार ९६९ कित्ता सेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको २१ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ५४३.७० कित्ता सेयर किनबेच भएको छ ।
१८ अंकमाथिले नेप्से सूचक बढ्दा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो । यस्तै, आधा दर्जन कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् । आज बैङ्किङ र अन्य समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम