लोसपाले संसदीय दलको नेता चयन गर्दै
बिहीबार, २१ पुस २०७९, १५ : ००

काठमाडौं । लोकतान्त्रिक समाजादी पार्टी(लोसपा) मधेश प्रदेशले दलको नेता चयनका लागि शुक्रबा। संसदीय दलको बैठक बोलाएको छ । लोसपाको प्रदेश सभामा नौजना प्रदेश सभा सदस्य छन् । संसदीय दलको बैठकबाट नेता चयन गर्ने तयारी भइरहेको हो । सो पार्टीका एक नेताले भने, ‘बैठकबाट नै सर्वसम्मतीले नेता चयन गर्नेछौं, त्यहाँ सहमति भएन भने मात्र निर्वाचन प्रकृयामा जान्छौं ।’
अहिलेसम्म लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनलका लागि सहमति हुने सम्भावना छ । यसअघि पनि उनी नै संसदीय दलका नेता थिए । यसपटक पनि उनी नै नेता हुने बताइएको छ । अहिलेसम्म नेता सोनलबाहेक अरु कसैले पनि आफू संसदीय दलको नेता हुने दावी नगरेको पार्टी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश