स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ
बिहीबार, २१ पुस २०७९, १३ : ३७
![स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ](https://rpcdn.ratopati.com/media/albums/pakrau_arrest_jail_cartoon_2_JMFQT0RndT.jpg)
काठमाडौं । बर्दियाको गुलरियाबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँदिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली घर भएका ४५ वर्षीय जाफर अली छन् । गुलरिया नगरपालिका–८ भादाबाट पक्राउ परेका आरोपीको साथबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय रूपैयाँ र २ हजार ७ सय ८० नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आरोपी सवार डिएल–१० एसडब्लु–९१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा स्रोत नखुलेको नगद फेला परेको थियो । प्रहरीले आरोपीलाई अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बाँकेमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुसी भइहाल्ने अवस्था छैन : कोइराला
-
लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
एकीकृत समाजवादीको महाधिवेशन सफल, केन्द्रीय कमिटीलाई पूर्णता दिन असफल
-
‘ईश्वर’ को ‘तिमी आयौ’ गीतमा पृथ्वीराज र अनुको रोमान्स
-
महाभारतमा उत्पादित कफी जापान निर्यात
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)