तालिबानको कारवाहीमा ८ आइएस चरमपन्थीको मृत्यु, चिनियाँ नागरिकको हत्यामा थिए संलग्न

अफगानिस्तानमा तालिबानले आफूलाई इस्लामिक स्टेट भनेर चिनाउने चरमपन्थी समूहका आठ सदस्यलाई मारेको दाबी गरेको छ ।
तालिबानले काबुलमा आइएसका कैयौं अड्डाहरूमा छापा मारिएको बताएको छ जसमा यी मृत्युहरू भएका छन् । मारिएका यी व्यक्ति होटलमा भएको एक आक्रमणमा संलग्न रहेको बताइएको छ । यस आक्रमणमा चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
समाचार एजेन्सी रोयटर्सले तालिबानका प्रवक्तालाई उद्धृत गर्दै यस छापामारमा सात जनालाई पनि पक्राउ गरिएको जनाएको छ ।
و نیز داعشی های خارجی را به افغانستان انتقال میداند، حملات گسترده و هماهنگ اجرا شد، که در ضمن آن در ساحات ( شهدای صالحین و قلاچه مربوط حوزه هشتم شهر کابل و نیز در شهر زرنج مرکز ولایت نیمروز) سه مخفی کاه آنها هدف قرار گرفت.
— Zabihullah (..ذبـــــیح الله م ) (@Zabehulah_M33) January 5, 2023
۳/۲
बुधवारको यो कारवाही बारे जानकारी दिँदै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्विटरमा भने, ‘यी व्यक्तिहरूले इस्लामिक स्टेटको खोरासान प्रान्त शाखाका विदेशी सदस्यहरूलाई अफगानिस्तानमा प्रवेश गर्ने बाटो उपलब्ध गराएका थिए ।’
तालिवान सुरक्षा बलको कारबाहीमा ठूलो परिमाणमा हतियार र विस्फोटक पदार्थ बरामद गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा