प्रधानमन्त्री कार्यालयमा खटिएका प्रहरीका ३५ चालकलाई फिर्ता गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटार स्थित सरकारी निवास र सिंहदरबार स्थित कार्यालयमा खटिएका प्रहरीका चालकलाई फिर्ता गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयबाट खटिएका ३५ जना चालकलाई फिर्ता गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सह–सचिव नारायण प्रसाद भट्टले रातोपाटीलाई बताए ।
पुस १९ मा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेर ३५ जना चालकलाई निरन्तर कामकाज गर्ने गरी अनुरोध गरेको थियो । तर, सो निर्णयबाट प्रधानमन्त्री कार्यालय पछि हटेको हो ।
गृह मन्त्रालयले पुस १२ मा कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि गृह मन्त्रालयमा कार्यरत चालकहरू पनि फिर्ता भएका छन् । गृह मन्त्रालयमा कार्यरत ३१ जना चालक २४ घण्टाभित्र प्रहरी प्रधान कार्यालय फिर्ता भएका थिए ।
प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत झविन्द्र प्रसाद पाण्डेले पुस १९ मा लेखेको पत्रमा भनिएको छ–‘आदेशअनुसार अर्को व्यवस्था नभएसम्मको प्रधानमन्त्री निवास र कार्यालयमा खटिएका सवारी चालकलाई यस कार्यालयमा निरन्तर कामकाज गर्ने गरी व्यवस्था हुन आदेशअनुसार अनुरोध छ ।’
तर, पत्राचार गरेको दुई दिनमै सो निर्णयबाट पछि हटेर प्रधानमन्त्री कार्यालयले चालकहरूलाई फिर्ता पठाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसारकै लामो धार्मिक पदयात्रा मिथिला परिक्रमा सुरु, यस्तो छ परिक्रमा पथ
-
रेफ्रीमाथि खनिएपछि चार खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
-
समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ फूलपातीमा आउने घोषणा
-
ब्राजिलियन प्रतिद्वन्द्वीलाई हराउँदै अर्जेन्टिनी क्लबले चुम्यो उपाधि
-
सार्वजनिक स्थलमै पतिले नाक टोकिदिएपछि...
-
‘एमएडब्लु इभी कार्निभल’ हुँदै