जनकपुर नेपाल टी–ट्वान्टी लिगको प्लेअफमा
काठमाडौँ । जनकपुर रोयल्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो ।
पोखराबाट जितको लागि दिएको ६९ रनको सामान्य लक्ष्य जनकपुरले ९ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग्यो । जनकपुरका लागि सरफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । त्यस्तै कप्तान ट्राभोन ग्रिफिथ १७ रन बनाउँदा पवन सराफ ४ रनको योगदान गरे ।
पोखराका लागि कुशल मल्लले ३ लिकेट लिँदा असिथा फर्नान्डोले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो ।
पोखराका लागि सिद्धान्त लोहनी १७ रन बनाउँदा आसिफ शेख र कुशल मल्लले समान १६÷१६ रन बनाए । जनकपुरका लागि सोमपाल कामीले ३ लिँदा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २÷२ विकेट लिए । जितसँगै जनकपुर ९ खेलमा १२ अंक सहित प्लेअफमा स्थान बनाएको छ । जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ । यता ९ खेलमा ६ अंक जोडेको पोखरा अंक तालिकाको पाँचौं स्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामा २० अर्ब ६६ करोड विदेशी लगानी प्रतिबद्धता
-
टीआरसी अन्योलमा परेपछि अन्तर्राष्ट्रिय समुदाय, पीडित र मानवअधिकारकर्मीले गराए सरकारको ध्यानाकर्षण
-
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
-
महान्यायाधिवक्ता राष्ट्रहितविरुद्धको मुद्दा हेर्न नपाउने व्यवस्था गर्न सुझाव
-
दाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु
-
वैदेशिक रोजगारीमा थरीथरीका ठगी, अधिकांश पीडकको देखिँदैन कुनै सम्पत्ति