बालनिवन्ध : समस्याका किसिम
हामीलाई समस्याबारे थाहा भए पनि समस्या कति किसिमका हुन्छन् र कसरी उत्पन्न हुन्छन् भन्नेबारे भने थाहा नहुन सक्छ । समस्या मूलतः दुई किसिमका हुन्छन्, जसमा आध्यात्मिक समस्या र भौतिक समस्या पर्छन् । यीमध्ये आध्यात्मिक समस्या तीन किसिमका हुन्छन् जसमा शारीरिक, मानसिक र आध्यात्मिक पर्छन् । रोग, भोक, शोकजन्य समस्या शारीरिक समस्या हुन् । मानसिक रोग, डिप्रेशन लगायत मनोविकार जन्य समस्या मानसिक हुन् । यस बाहेक दैवी विपत्ती, भूकम्म, भूक्षय, बाढी, पैरो, चट्याङ आदि समस्या आध्यात्मिक हुन् ।
जहाँसम्म भौतिक समस्याको कुरा छ त्यो भने यति नै हुन्छन् भन्न सकिन्न । देश, काल, परिस्थिति अनुसार अनेक पनि हुन सक्छन्, अनन्त पनि हुन सक्छन्, जुन तपाईँका जीवन चर्यामा भर पर्छ । कति बनाउने र कत्रो बनाउने भन्ने तपाईँकै गतिविधिमा भर पर्ने कुरा हो । मात्र कुरा के हो भने कलाको बाटो समाउनुभयो भने समस्याको सङ्ख्या पनि घट्दै जान्छ, स्वरूप पनि घट्दै जान्छ कामलाई मात्र हेर्नुभयो भने स्वरूप र सङ्ख्या दुवै बढ्दै जान्छन् ।
प्रायः हामी समस्याका नाम सुन्नेबित्तिकै यी अरूका कारण सृजना हुने कुरा हुन् भन्ने ठान्छौँ र मनमा त्यस्तै धारणा बनाउन पुग्छौँ । हामी पहिलो गल्ती यहीँ गरिरहेका हुन्छौँ, पहिलो गल्ती यहीँबाट भइरहेको हुन्छ । हामी ठान्छौँ समस्याको बोट बाहिर कतै छ, बाहिरबाटै आउँछ तर कुरा त्यसो होइन । यो अरूले दिने चीज होइन, अरूका कारण उत्पन्न हुने पनि होइन ।
हो, सरसर्ती हेर्दा देखिने त्यस्तै हो तर त्यो रूपमा मात्र हो, सारमा होइन । सारमा त यही हो कि यो आफ्नै कारण उत्पन्न हुने अवस्था हो । समस्या तपाईँकै कारण उत्पन्न हुन्छन्, तपाईँभित्रै छन् । तपाईँले नै बनाउनुभएको हो ।
वास्तवमा समस्या आपैmँमा केही हुँदैहोइन । तपाईँकै जीवन, जगत, आवश्यकता, गतिविधि, सोच, चिन्तन र व्यवहारमा तालमेल हुन नसकेको अवस्था हो, जुन गुडुल्केर डल्लो पर्न गएको छ । तपाईँ यसलाई त्यस्तो क्यान्सर रोगसँग तुलना गर्न सक्नुहुन्छ जुन असन्तुलित रक्तप्रवाहका कारण रक्तकोशिकाहरू मासुको डल्लो पर्न गएर बनेका हुन्छन् । हनुपर्ने रगतको सतत प्रवाह थियो तर विभिन्न कारणवश त्यो हुन सकेन र रोकिएर मासुको डल्लो बनी दुःख दिन थाल्यो । जतिबेलासम्म हाम्रा गतिविधिमा सन्तुलित थियो त्यतिबेलासम्म निरन्तर समस्या पनि त्यसैमा बगिरहेका थिए । जब यो असन्तुलित भयो, यसमा गडबढी आयो वा भयो तब तिनै गडबढी थुप्रिएर डल्लो पर्न गए, समस्याका रूपमा खडा हुन पुगे । यस अर्थमा भन्नुपर्दा समस्या तपाईँ नै हो, तपाईँ बाहेक केही हुँदैहोइन, तपाईँकै अङ्ग हो, तपाईँकै गतिविधि हो, जसलाई तपाईँले जन्माउनुभएको छ, हुर्काउनु भएको छ ।
यी आफूखुसी प्रकट भएका पनि होइनन् । दरखास्त हालेर आएको पनि होइनन् । तपाईँले बनाउनुभएपछि मात्र बनेका हुन्, बोलाउनु भएपछि मात्र आएका हुन् । न तपाईँ विना ऊ एक्लै बस्न सक्छ न नबोलाएको पाहुना नै बन्न सक्छ । सारमा यति बुझ्नुस् तपाईँ नै समस्या, तपाईँभित्रै समस्या । कानमा समस्या, आँखामा समस्या, नाकमा समस्या, मुखमा समस्या, छालामा समस्या, मनमा समस्या, बुद्धिमा समस्या, चित्तमा समस्या । समग्रमा जहाँ पनि समस्या, जहिले पनि समस्या ।
मानिलिनुस् तपाईँलाई कुनै मीठो चीज खान मन लाग्यो । लाग्नुमात्र के थियो त्यसकै पछि लाग्नुभयो । सजिलै पाउनुभयो, सित्तैमा पाउनुभयो चाहिनेभन्दा बढी खानुभयो त्यही समस्या भयो । त्यहीँबाट समस्या सुरू भयो । पेट दुख्यो, झुसिलो डकार आयो । तपाईँ भाग्यमानी हुनुहुन्थ्यो सायद समस्या त्यतिमै ट¥यो, होइन भने त्यही बढ्दै गएर केके भयो केके । आन्द्रा बटारियो गाँठो प¥यो । अप्रेशन गर्नुप¥यो । अप्रेशन सफल हुन्छ भन्ने पनि छैन । भए ठीकै भयो नभए त्योभन्दा पनि जटिल समस्या सुरू भयो । पाउनुभएन त्यही समस्या बनेर खडा भयो ।
राम्रो दृष्य हेर्न मन लाग्यो त्यसकै पछि लाग्नुभयो । सकै ज्यानै गयो नभए पनि विभिन्न खाले समस्या सिर्जना हुन पुगे । रामलाई त्यस्तै भएको छ, रावणलाई त्यस्तै भएको छ । दार्शनिकहरूले यसलाई बत्ती र पुतलीसित तुलना गर्ने गरेका छन् । पुतलीले बत्ती बलेको देख्यो, राम्रो लागेर पाउन खोज्यो, पखेटा डडेर जीवन चौपट भयो ।
मानिलिनुस् कुनै सुन्दर चीजको पछि लाग्नुभयो । चीज जे पनि हुन सक्छ । मानिस पनि हुन सक्छन् अन्य कुनै वस्तु पनि । तपाईँ उसको पछि लाग्नुभयो, जुन तपाईँको थिएन, अर्काको थियो । अर्काको चीजलाई अनधिकृतरूपमा पाउन खोज्नुभयो । नतीजा के भयो ? सके त ज्यानै जाला नभए पनि अङ्गभङ्ग हुन सक्छ । नभए पनि अरूको हातबाट चुटाइ वा गालीगलौज त पक्कै खानुपर्ला ।
गन्धको अवस्था त्यस्तै छ । गन्धको पछि लाग्दा वा गन्धका कारण ज्यान फाल्ने वा ज्यान गुमाउनेहरू पनि त्यति नै छन् । रसको अवस्था त्यस्तै हो, स्पर्शको सुखको पछि लाग्दाको अवस्था त्यस्तै छ । मृग, हात्ती, पुतली, भ्रमरो, माछोले एकएक चीजको पछि लाग्दा ज्यान गुमाउनुपर्छ । मीठो स्वरको पछि लाग्दा मृगले शिकारीको हातको शिकार हुनुपर्छ, स्पर्श सुखको खोजी गर्दा हात्तीले बन्धनमा पर्नुपर्छ । स्वादको पछि लाग्दा माछोले र रसको पछि लाग्दा भ्रमरोले ज्यान गुमाउनुपर्छ । उनीहरूका जीवन एकएक चीजले गएका छन् भने हामी त पाँचै चीजको पछि लागिरहेका छौँ । यस्तो अवस्थामा हाम्रो अवस्था कस्तो होला सोझै अनुमान लगाउन सकिन्छ ।
यसको अर्थ यो होइन कि यिनलाई पछ्याउनै हुन्न । यी यस्ता चीज हुन्, जसलाई नपछ्याइ व्यवहार नै चल्दैन । तथापि त्यतिहदसम्म मात्र पछ्याउनु जायज हुन्छ, जतिहदसम्म व्यवहार चल्दैन । अन्यथा तिनैले समस्या बनेर दुःख दिन थाल्छन् ।