सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

फ्रान्सको व्यङ्ग्य पत्रिका चार्ली हेब्दोले खामेनीको कार्टुन प्रकशित गरेपछि तेहरानले दियो यस्तो चेतावनी

बिहीबार, २१ पुस २०७९, ०८ : ००
बिहीबार, २१ पुस २०७९

विवादास्पद पत्रिका चार्ली हेब्दोले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई चित्रण गर्ने कार्टुन प्रकाशित गरेपछि इरानले फ्रान्सलाई चेतावनी दिएको छ । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले ट्वीटरमा फ्रान्सलाई निर्णायक जवाफ दिने चेतावनी दिएका छन् ।

‘धार्मिक र राजनीतिक अख्तियारविरुद्ध कार्टुन प्रकाशित गर्ने फ्रान्सेली प्रकाशनको अपमानजनक र अशोभनीय कार्य प्रभावकारी र निर्णायक प्रतिक्रिया बिना जानेछैन ’, ट्वीटमा भनिएको छ ।

उनले अगाडि भनेका छन्, ‘हामी फ्रान्सेली सरकारलाई आफ्नो कार्पेटमा पाइला टेक्न दिनेछैनौं । उनीहरूले निश्चित रूपमा गलत बाटो रोजेका छन् । यसअघि हामीले यो प्रकाशनलाई प्रतिबन्धहरूको सूचीमा समावेश गरेका थियौँ ।’

विवाद चर्किएपछि इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले यस विषयमा फ्रान्सेली राजदूत निकोलस रोचेलाई बोलाइएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप