जुम्लामा निर्माणाधीन नमुना एकीकृत कार्यालयको काम २५ प्रतिशत बाँकी

जुम्लामा नमुना एकीकृत कार्यालयको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ। ३ वर्ष पहिलेदेखि निर्माण भइरहेको एकीकृत कार्यालयको २५ प्रतिशत काम हुन मात्रै बाँकी छ।
पर्खाल लगाउने, ढलान गर्ने र रंगरोगन लगायतका काम सकिएका छन् । झ्याल ढोका जोड्ने र अन्य फिनिसिङका कामहरू बाँकी छन्।सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्र बहादुर खड्काका अनुसार बढीमा ४ वटा कार्यालय एकै भवनमा सञ्चालन गर्ने लक्ष्यका साथ एकीकृत कार्यालय निर्माण लागिएको हो।
कार्यालय निर्माणका लागि ९ करोड ६८ लाख ७४ हजार ८ सय ४५ रुपैयाँको स्टमेट गरिएको थियो, तर निर्माण कम्पनी (डाँफे क्याराभान जेभी काठमाडौँ) सँग ७ करोड २४ लाख ३२ हजार ६ सय ५७ रुपैयाँमा ठेक्का सम्झौता भएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्र बहादुर खड्काले बताए।
जुम्लामा कर्णालीकै पहिलो र ठुलो एकीकृत कार्यालय बन्न लागेको उनको भनाइ छ । सेवाग्राहीले एकै भवनबाट छिटोछरितो र सहज रुपमा सेवा पाउने छन्।नमुना एकीकृत कार्यालयको ५ तलेको बन्दै छ, चार तलामा कार्यालय रहने खड्काले बताए। पाँचौँ तलामा कर्मचारी गेस्ट हाउस बनाइने उनले जनाए।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सरकारी वकिल कार्यालय लगायत अन्य ४ वटा कार्यालय सञ्चालन हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
-
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
-
के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?