शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘डेरी प्रडक्ट’ आयातमा ५ वर्षमा ११ अर्ब बाहिरियो

बिहीबार, २१ पुस २०७९, ०६ : ०९
बिहीबार, २१ पुस २०७९

नेपालीहरूले डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा मात्रै वार्षिक अढाई अर्ब रुपैयाँभन्दा बढी रकम विदेश पठाउने गरेका छन् । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा वर्षेनी न्युनतम १ अर्ब ८० करोडदेखि २ अर्ब  ६० करोड रुपैयाँसम्म डेरी प्रडक्टको आयातमा विदेश गइरहेको छ ।

सरकारले हरेक वर्ष देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएपनि यसको आयात भने कम हुन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा मात्रै पनि १ अर्ब रुपैयाँभन्दा बढी मूल्यका डेरी प्रडक्टहरू आयात भइसकेका छन् ।

नेपालले ५ महीनामा २४ लाख ८८ हजार किलो डेरी प्रडक्टको आयातमा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ विदेश पठाएको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको साउनदेखि मंङ्सिरसम्ममा १९ लाख २६ हजार किलो डेरी प्रडक्ट आयात गर्न ९० करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप