मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाका मेयर शाह विदेश भ्रमणमा

बुधबार, २० पुस २०७९, २२ : ०४
बुधबार, २० पुस २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) विदेश भ्रमणमा गएका छन् । उनी परिवारका सदस्य र निकटस्थसँगै निजी भ्रमणका सिलसिलामा इन्डोनेसियाको भ्रमणमा गएका हुन् । मेयरमा निर्वाचित भएपछि यो नै उनको पहिलो विदेश भ्रमण भएको जनाइएको छ । 

बालेनको सचिवालयका अनुसार उनी २५ पुसमा नेपाल फर्किनेछन् । भ्रमण व्यक्तिगत रहेकाले कुनै सरकारी भेटवार्ता र कामकाज नहुने सचिवालयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप