इरानमा रिभोलुसनरी गार्डको गोली हानी हत्या
बुधबार, २० पुस २०७९, २१ : ३५
इरान । इरानमा रिभोलुसनरी गार्डका एक सदस्यलाई उनको घरबाहिर गोली हानेर हत्या गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन तर सञ्चारमाध्यमले भने यसको पछाडि लुटपाटको उद्देश्य भएको बताएको छ ।
सुरक्षा अधिकारी र इरानका जनताबीच तनाव भइरहेका बेला यो हत्या भएको हो। यतिबेला मानिसहरू सडकमा उत्रिएका छन् र इस्लामिक धर्मगुरुहरूको वर्चस्व रहेको राजनीतिक व्यवस्थाको अन्त्यको माग गर्दै छन् ।