पेरिस फर्किए मेस्सी
बुधबार, २० पुस २०७९, २१ : १३

फ्रान्स । अर्जेन्टिनासँग विश्वकप उपाधि जितेपछि बिदामा रहेका लियोनेल मेस्सी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । बुधबार बिहान पीएसजीको आधिकारिक सामाजिक सञ्जालबाट मेस्सी पेरिस फर्किएको जानकारी दिएको थियो ।
विश्वकप फाइनलपछि उनलाई केही समय बिदा दिइएको थियो । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वकपको उपाधि जितेको थियो । यता मेस्सीबिना नै लिगको सुरुवात गरेको पीएसजीले एक खेलमा पराजय बेहोरिसकेको छ । नयाँ वर्षको दिनमा क्रिस्टोफर गाल्टियरको टोली लेन्ससँग ३–१ गोलले स्तब्ध बनेको थियो ।
यता पेरिस फर्किएसँगै मेस्सीले क्लबसँग नयाँ करार सम्झौता पनि गर्ने अपेक्षा गरिएको छ । मेस्सीले करार सम्झौता नवीकरण गर्ने सहमति जनाए पनि त्यसलाई अन्तिम रूप दिन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’
-
बाँस सम्मेलनको तयारी पूरा
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?