क्रिकेटमा ‘फिक्सिङ’ भएको आशङ्कामा सिआईबीले थाल्यो अनुसन्धान

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा म्याच फिक्सिङ भएको आशङ्कामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ । फिक्सिङ भएको सूचनाको आधारमा अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए ।
नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले क्रिकेटमा फिक्सिङ भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर उनले भनेका छन्–‘लिगमा हुने फिक्सिङले नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको छ ।’
त्रिवि खेल मैदानमा जारी नेपाल टी–२० लिगमा खेलाडीहरूले पारिश्रमिक पनि नपाएको गुनासो गरेका छन् । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले फिक्सिङबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन सेभेन–३ स्पोर्टले लिएको छ । सो कम्पनीका सञ्चालक जितेन अग्रवाल हुन् । केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सञ्जय सिंह थापाले अनुसन्धानको नेतृत्व गरेका छन् । फिक्सिङ पुष्टि भएको अवस्था नभएको र प्रमाण सङ्कलन गर्ने काम भइरहेको एआईजी सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला