प्रदेश सरकारले पूर्वाधार बिनै विश्वविद्यालय बनाउनु गलत : अध्यक्ष डा.दत्त

धनुषा । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रदेश सरकारहरूले पूर्वाधारहरूको तयारी नगरी धमाधम विभिन्न विश्वविद्यालयहरूको स्थापना गर्नु गलत रहेको बताएका छन् । मधेस कृषि विश्वविद्यालयको अवलोकन गर्न पुगेका अध्यक्ष दत्तले नामको लागि मात्र नभएर पूर्वाधार तथा बजेटको उचित व्यवस्थापन गरी विश्वविद्यालय बनाउनुपर्ने कुरामा जोड दिए ।
अध्यक्ष दत्तले विना बजेट र पूर्वाधारको विश्वविद्यालयले शैक्षिकस्तरमा अभिवृद्धि गर्न नसक्ने समेत धारणा राखे । सो क्रममा आयोगका अध्यक्ष दत्तलाई विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र रजिस्ट्रार भगवान् ठाकुरले विश्वविद्यालयको गतिविधिबारे जानकारी गराउँदै विश्वविद्यालयसँग अहिले आफ्नो भवन र जग्गा नरहेको तथा एउटा स्कुलको भवनलाई भाडामा लिएर विश्वविद्यालय सञ्चालन गरिरहेको बताएका थिए ।
प्रगति विवरणको जानकारी लिएपछि अध्यक्ष दत्तले पदाधिकारीहरूले विना बजेट तथा पूर्वाधार धेरै काम गरेको प्रशंसा गर्दै विश्वविद्यालयलाई देशकै नमुना तथा उत्कृष्ट बनाउन आयोगले समन्वयात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु