सत्ता साझेदार दलको बैठक : न्यूनतम साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रूप दिने

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारले थालेका कामहरूको समीक्षा भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारले जनताको जनजीविकालाई सहज बनाउने गरी गर्न सकिने कामहरुबारे छलफल भएको हो ।
बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोलिसम्म न्यूनतम साझा कार्यक्रमले अन्तिम रूप दिने तयारी भइरहेको बताए । बैठकमा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर भएका कामहरूका साथै नीतिगत परिवर्तन ल्याउनेगरी छलफल भएको छ । बैठकमा मन्त्रालय फुटाउने भनेर आएका समाचारका बारेमा समेत नेताहरुबीच कुराकानी भएको छ । मन्त्री लामिछानेले गठबन्धनको बैठकमा मन्त्रालय फुटाउनेबारे कुनै छलफल नभएको र त्यस्तो सोच समेत नभएको बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता दिने गठबन्धनको तयारी छ । मन्त्री लामिछानेले आजको बैठक अनौपचारिक भएकाले समग्र विषयमा छलफल र कुराकानी भएपनि ठोस कुनै निर्णय नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल