सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी

जापान । जापानमा सन् २०२२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा अत्यधिक कमी आएको छ । गत बर्ष सवारी दुर्घटनामा परी जापानमा दुई हजार ६१० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखिएको छ ।
यो सङ्ख्या सन् १९४८ मा उपलब्ध भएयताकै सबैभन्दा कम हो । सन् २०२२ मा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले घटेको छ । ओसाकामा गत वर्ष सबैभन्दा बढी १४१ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । आइची १३७ र टोकियो १३२ मृतक सङ्ख्याका साथ तेस्रो स्थानमा रहेको छ ।
सबैभन्दा कम टोटोरीमा १४ जनाको मृत्यु भएको छ । सन् १९७० मा १६ हजार ७६५ जनाको मृत्यु भएको जापानमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । जापान सरकारले सन् २०२५ सम्ममा वार्षिक सवारी दुर्घटनाबाट हुने मृत्युदर दुई हजार वा सोभन्दा कममा झार्ने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?