सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा

काठमाडौं । संघीय संसद् सचिवालयमा कार्यरत सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । सचिवालयका सचिव धुव्र घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पाण्डेलाई बढुवा गरिएको हो ।
बुधबार बसेको संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई बढुवा गरेको हो । उनी यसअघि संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता रहेका थिए । सचिव घिमिरेले गत मंसिर २८ गते राजीनामा दिएपछि सचिव पद खाली रहेको थियो । नेतृत्व मूल्याङ्क तथा कार्यसम्पादन मुल्याङ्कनबाट तथा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकको सिफारिसमा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
सचिव पाण्डे २०६७ चैतमा उपसचिवमा नाम निकालेर सेवा प्रवेश गरेका थिए भने २०७३ साल वैशाख २१ देखि संसद् सेवामा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले