नागढुंगाबाट लागु औषधसहित ३ जना पक्राउ
![नागढुंगाबाट लागु औषधसहित ३ जना पक्राउ](https://npcdn.ratopati.com/media/news/Nagdhunga_0LGR4aWeOt.jpg)
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्ज घर भएका ४० वर्षीया सबिना खातुन, २७ वर्षीया सहनाज खातुन र ३३ वर्षका शेष अमिर छन् । पुस १४ मा चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेक प्वाइन्टमा बीरगञ्जबाट काठमाडौं आउँदै गरेको न.६ ख ७०३६ नम्बरको यात्रु बाहक बसमा उनीहरु काठमाडौं आउँदै थिए । नागढुंगा चेक प्वाइन्ट भन्दा ३ सय मिटर पर झरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र खड्काले जानकारी दिए ।
प्रभाग नागढुंगा र ब्यूरोबाट खटिएको टोलीले आरोपीहरुको साथबाट डायलक्स डिसी १५९ बोत्तल, नाइट्राभेट ४५ सय ट्याब्लेट, नुर्फिन १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र डाइजेपाम १ हजार एम्पुल बरामद गरेको छ । नुर्फिनमा टाँस्ने ४६८ थान स्टिकर पनि बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । आरोपीहरुमाथि प्रहरी वृत थानकोटले म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म