चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित
बुधबार, २० पुस २०७९, १६ : ३३
काठमाडौं । चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित भएको छ । यो विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि म्याचिङ प्रक्रिया स्थगित गरिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
आयोगले ‘चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी कार्यविधि, २०७९’ संशोधन गरेर चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ गराउँदै आएको थियो । आयोगले कार्यविधि संशोधन गरेर म्याचिङ गराउन थालेको भन्दै सर्वोच्चमा रिट दायर भमएको थियो । रिटमा सुनुवाई गर्दै सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न÷नगराउन भन्दै अन्तरिम आदेश जारी भएको थियो । उक्त अन्तरिम आदेशपछि आयोगले म्याचिङ प्रक्रिया स्थगित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु