शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
नेप्से

६४ अंकले बढेर नेप्से सूचक २१२५ मा, ८ कम्पनीको मूल्यमा सर्किट

बुधबार, २० पुस २०७९, २१ : २१
बुधबार, २० पुस २०७९

काठमाडौं । मंगलबार ३ अंकको करेक्सनसँगै बुधबार नेप्से सूचक ६४ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ६४.८७ अंकले बढ्दै २१२५.९४ विन्दुमा उक्लिएको हो । 

उसो त झण्डै ६५ अंकमाथिले नेप्से बढेको यस दिन ३ अर्ब ५० करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज पनि हिमालय डिस्टिलरी लिमिटेड उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै ११ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । यस्तै, सानिमा मै हाइड्रो लिमिटेडको १० करोड ८७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आज नेपाल दूरसञ्चार लिमिटेड (एनटीसी) को १० करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली हुँदा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, नादिप लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप