लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
तेन्जिङ हिलारी विमानस्थलबाट अहिले दैनिक सातभन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको जनाइएको छ । प्राधिकरण प्रमुख महेश श्रेष्ठका अनुसार काठमाडौँ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् । ती विमानले फर्किंदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् । चिसो अत्यधिक बढेकाले चिसो छल्न खुम्बु छाड्नेको सङ्ख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो ।
त्यसका कारण एयरलाइन्सहरुका टिकट काउन्टरमा पनि यात्रुको चाप अधिक रहेको प्रमुख श्रेष्ठले बताए । मौसममा सुधार भएसँगै सोमबारदेखि नियमित उडान भइरहेको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे