‘सहायक श्रीमान्’ लन्डन माउन्टेन फिल्म फेस्टिभलमा छनौट
बुधबार, २० पुस २०७९, ११ : ५१

काठमाडौं । बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) बेलायतको लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि छनौट भएको छ । निर्देशक गणेश पाण्डे फिल्म फेस्टिभलमा छनौट भएको जानकारी दिए ।
फेस्टिभल सन् २०२३ भित्र आयोजना हुनेछ । यस अगाडि अमेरिका लगायत धेरै देशका विभिन्न फेस्टिभलमा फिल्मले अवार्ड जितेको थियो । ३५ मिनेटको यो फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।
घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्ला लगायतका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।
साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ