प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्बोधन गर्दै
बुधबार, २० पुस २०७९, ०९ : १७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् । कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई विहान ११ प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।
अखिल क्रान्तिकारीका ६१ पदाधिकारीलाई समयमै पुग्न निर्देशन दिएको महासचिव दिपेश पुनले बताए । ‘प्रधानमन्त्री भएपछि पहिलो पटक प्रचण्ड कमरेडले पदाधिकारी बैठकलाई सम्बोधन गर्दै हुनहुुन्छ’ पुनले भने, ‘सबै पदाधिकारीलाई समयमै पुग्न भनिएको छ । पार्टी, सरकार र आगामी योजनाका विषयमा प्रधानमन्त्री ज्यूले राख्नु हुन्छ ।’
अब बस्ने अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले संगठनभित्रको विवाद समेत साम्य बनाउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ दिन बित्दा पनि पूरा भएन शिक्षकको माग, तस्बिरहरू
-
बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’
-
‘कतारमा राजनीति र समाजसेवीको नाममा ठगीका गिरोह सक्रिय छन्’
-
नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
-
इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने