सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

रियल, लेभान्टे र इल्चे कोपा डेल रेको अन्तिम १६ मा

बुधबार, २० पुस २०७९, ०८ : २२
बुधबार, २० पुस २०७९

रियल मड्रिड, लेभान्टे र इल्चे कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १–० गोल अन्तरले हराउँदै रियलले अन्तिम १६ मा पुगेको हो । 

रियलको जितमा रोड्रिगोले खेलको ६९ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई प्रि–काफटरफाइनल पुगाए । मंगलाबार राति नै भएको अर्काे खेलमा लेभान्टेले गेटाफेलाई ३–२ गोल अन्तरले हराउँदै अन्तिम १६ मा स्थान बनायो । 

त्यस्तै इल्चेले एडी केउटालाई १–० ले हराउँदै अन्तिम प्रि–क्वाटरफाइनलमा स्थान बनायो । स्पोर्टिङ गिजोनले रायो भालेकानोलाई २–० ले हराएर अन्तिम १६ मा स्थान पक्का गर्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप