भारतीय विदेशमन्त्रीको आरोप : एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास भयो

भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने रेखा एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउदै बेइजिङको आलोचन गरेका छन् । अस्ट्रेलियाको जेडआईबी २ पोडकास्टलाई अन्तवार्ता दिँदै उनले भने, ‘हामीसँग एलएसीलाई एकतर्फी ढगले परिवर्तन नगर्ने सम्झौता थियो, जसलाई उनीहरूले एकतर्फी रुपमा उल्लंघन गर्न खोजेका छन् । तसर्थ, मलाई लाग्छ त्यहाँ हामीसँग एउटा मुद्दा, धारणा छ जुन सिधै हाम्रा अनुभवबाट प्राप्त हुन्छ, ’ उनले भने ।
एलएसीको पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत–चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो ।
'मलाई लाग्छ कि हाम्रा अनुभवहरूमा आधारित ठूलो चासो छ । चासोको विषय यो हो कि हामीले हाम्रो सीमा क्षेत्रमा सेनाहरू जम्मा नगर्ने चीनसँग सम्झौता गरेका थियौं, र उनीहरूले ती सम्झौताहरू पालना गरेनन्, त्यसैले हामी अहिले तनावपूर्ण स्थितिमा छौं,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : पत्रकार महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ सकियो, माग सम्बोधन नगरिए देशव्यापी आन्दोलन गर्ने
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक