कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीलाई कारबाहीको मागसहित उजुरी

पोखरा । नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अन्तर्घात गरेर पार्टीका उम्मेदवार किशोर बराललाई पराजित गराएको दाबी गर्दै उनीविरुद्ध उजुरी परेको हो ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा पराजित कांग्रेस उम्मेदवार किशोरदत्त बराल र प्रदेशसभा १(१) का उम्मेदवार दीपक गुरुङले पूर्वसभापति केसीकै अन्तर्घातका कारण आफूहरुले हारेको दाबी गर्दै अनुशासन समितिमा उजुरी दर्ता गराएका छन् । पूर्वसभापति केसीले भने आफूमाथि निराधार आरोप लगाइएको दाबी गरेका छन् । उनले पार्टीकै जिल्ला नेतृत्वका कमी कमजोरीका कारण चुनावमा कांग्रेसका उम्मेदवारहरुको अवस्था कमजोर भएको दाबीसमेत गरे ।
‘मेरो व्यक्तिगत कमजोरी हुन सक्छ । तर, उहाँले गरेको कमजोरीहरु सिंगो कास्की कांग्रेसको कमजोरी हो,’ उनले भने, ‘म आफू नचल्न सक्छु । उहाँ नचल्दा त सिंगो संगठन चल्दैन ।’ उनले आफूमाथि लागेको आरोप भोलि आधिकारिक रुपले आइसकेपछि आफूले जवाफ दिने र आफूमाथि प्रश्न गर्नेलाई पनि आफूले त्यतिबेलै प्रश्न गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित