जनताले पाउने सेवा सुविधामा कमजोरी नहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनै कमी हुन नहुने बताएका छन् ।काठमाडौंउपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयहरूको आज अनुगमन र निरिक्षणका क्रममा कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जनताले धेरै दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन । जनताको हितमा काम गर्नुस् ।’
उनले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न, नयाँ लाइसेन्स प्रक्रिया छिटोछरितो प्रक्रियाबाट गर्न निर्देशन दिए । श्रेष्ठले भने, ‘गुणस्तरीय सेवामा नो कम्परमाईज, नियम पूर्वक काम गर्नुस् ।’ कार्यालयमा बिचौंलियाहरुको बिगबिगी भएको गुनासो आएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले बिचौलियाको अन्त्य र बिचौलियाको चलखेल बन्द गर्न कडा निर्देशन दिए ।
गलत काम गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही र दण्डित गरिने चेतावनी दिँदै श्रेष्ठले कर्मचारीहरूलाई कर्तव्य र दायित्व भुल्न नहुने बताए । उपप्रधानमन्त्री श्रेष्ठले लाइसेन्स कार्यालय ठुलो भर्याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको पनि अनुगमन÷निरीक्षण गरेका थिए । अनुगमनको क्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका प्रमुख र प्रदेश मन्त्रालयका सचिव लगायताको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल