प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच उपनिर्वाचनबारे छलफल
मङ्गलबार, १९ पुस २०७९, १९ : ४२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसद्को चुनावका विषयमा छलफल केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले माघ २४ गतेका लागि उपनिर्वाचनको मिति प्रस्ताव गरेको सन्दर्भमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता भएको हो । यस्तै उपाध्यक्ष पद पनि लामो समयदेखि रिक्त रहेको छ।
यस्तै कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्नेबारेका साथै राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयकका विषयमा पनि छलफल भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)