माओवादी र नेकपा (एस)सँग एकता गर्न जसपाले गठन गर्यो वार्ता समिति

जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक दल र सङ्गठनहरुसँग एकता सम्बन्धमा वार्ता गर्नका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । दुई दिनदेखि जारी राजनीतिक समितिको बैठकले सो समिति गठन गरेको हो ।
सो समितिको सदस्यहरुमा रकम चेमजोङ र गोविन्द चौधरी रहेका छन् । जसपाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पहल थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्र र नेकपा (एस) सँग एकताबारे अनौपचारिक छलफल गरिसकेका छन् ।
सरकारले पूर्णता पाउने बित्तिकै वार्तालाई अगाडि बढाउने पार्टी स्रोतले जनाएको छ । त्यस्तै, सङ्घीय परिषद् र केन्द्रीय सदस्यहरूको भूमिकाबारे छानबिन गर्नका लागि शिवलाल थापा मगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी गराए । समितिमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमीला यादव छन् ।
पार्टी अधिवेशनका लागि जसपाको विधान मस्यौदा गर्न अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा नौ सदस्यीय विधान मस्यौदा समिति गठन पनि भएको छ । सो समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेमजोङ्ग, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहेका छन् ।
त्यसका साथै निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा आफ्नै उम्मेदवारमाथि अन्तर्घात गर्नेलाई सम्बन्धित समितिहरूबाटै कारबाही गर्ने निर्णय पनि भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक स्वतन्त्रताका लागि कलेजियम प्रणाली
-
इटहरी आगलागीले उब्जाएको प्रश्नः अग्ला भवनमा आगो निभाउने उपकरण खोइ ?
-
चैत १५ को प्रदर्शनबारे के छ समाजवादी मोर्चाको निर्णय ?
-
८५ करोडभन्दा बढी खर्चिएर बनाइएको भैँसीपाटीस्थित मुख्यमन्त्री आवास क्षेत्रमा केके छन् सुविधा ?
-
गोप्य जानकारी चुहावटले अमेरिकामा बबाल : माइक वाल्ट्जले लिए ग्रुप च्याट लिकको जिम्मा
-
सरकारले कुलमानलाई हटाउनुको १० कारण