यातायात कार्यालयबाट ७ जना बिचौलिया पक्राउ
मङ्गलबार, १९ पुस २०७९, १९ : २९

काठमाडौँ । यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना बिचौलियाहरू र फर्जी स्वास्थ्य परिक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जना समेत गरी ७ जनालाई आज मंगलबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलो भर्याङ र चाबहिलबाट ५ जनालाई र फर्जी स्वास्थ्य परीक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जनालाई यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । निजहरूले विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूलाई सहजीकरण गरिदिन्छौ, छिटो छरितो रूपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरू पुर्याईदिन्छौँ भनी विभिन्न प्रलोभनमा पारी हैरानी दिने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
केन्द्राध्यक्षले दिन थाले राजीनामा
-
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
एक साताभित्र जुत्ता,चप्पल र औषधीमा एमआरपी अनिवार्य राख्न निर्देशन
-
विद्यालय शिक्षा विधेयकको छलफल अघि बढाउन भूमि व्यवस्था मन्त्रीलाई जिम्मेवारी