दैलेखमा टिपर दुर्घटना : १ जनाको मृत्यु, २ घाइते
मङ्गलबार, १९ पुस २०७९, १७ : ०९

दैलेख । मध्यपहाडी राजमार्गको चगत्रा पादुका खण्डमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दैलेखको दुल्लु नगरपालिकाको भे१ग ७७ नम्बरको टिपर सो नगरपालिकाको कार्यालयबाट वडा नं. ९ को कार्यालयतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो ।
टिपर चालक दुल्लु ३ सियालाका धन बहादुर बुढाको उपचारको क्रममा दुल्लु अस्पतालमा निधन भएको छ भने टिपरमा सवार अन्य २ जना घाइतेको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा दुल्लु २ का पूर्ण बहादुर थापा र दुल्लु ७ का नगेन्द्र रावत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुली बजार क्षेत्र, तस्बिरहरू
-
शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला
-
लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्ण : सभामुख घिमिरे
-
कोशीमा लगानीको उपयुक्त वातावरण छ : प्रधानमन्त्री
-
समाजवादी ट्रेड युनियन महासंघको अध्यक्षमा दाहाल
-
वीरगञ्जमा अवैध प्रवेश रोक्न ‘स्पेसल डग’ परिचालन