नेपाल टी–ट्वान्टी : लुम्बिनीसँग हार्यो जनकपुर

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई ५ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनायो ।
जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान ट्राभोन ग्रिफिथ, शरफुदिन असरफ र सन्दिप जोराले समान २६/२६ रन बनाए । लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले समान २/२ विकेट बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो । लुम्बिनीका लागि हरमित सिंहले ७३ रनको अर्धशतकीय पारी खेले । लाहिरु मिलान्थाले ३३ रन बनाउँदा ह्यारी टेक्टरले अविजित १८ रन बनाए ।
जनकपुरका लागि सरफुदिन असरफले ३ विकेट लिए । त्यस्तै जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए । लुम्बिनी आठ खेलमा १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित जनकपुर आठ खेलमा १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड