राजनीति
सचिवहरूलाई प्रचण्डले भने– तपाईंका कुनै पीरमर्का भए सिधै मलाई राख्नुस्
मङ्गलबार, १९ पुस २०७९, १६ : १६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै सचिवहरूका पीरमर्का वा गुनासा भए सिधै आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । मंगलबार सचिवहरूलाई ३० बुँदे निर्देशन दिने क्रममा प्रचण्डले कसैको डर, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउन आग्रह गरेका हुन् ।
‘तपाईंका कुनै पीरमर्का वा गुनासा भए मलाई सिधै राख्न सक्नुहुनेछ। कसैको डर, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउने विश्वास लिएको छु’, प्रचण्डले भने । उनले कमजोरी भए सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै अरूलाई देखाएर पन्छिने कार्य नगर्न पनि कडा निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ