अमेरिकी फुटबल स्टार डमार ह्यामलिनलाई मैदानमै हृदयाघात, अवस्था गम्भीर
मङ्गलबार, १९ पुस २०७९, १६ : ०१

अमेरिकी फुटबल स्टार डमार ह्यामलिन युएस नेशनल फुटबल लिग (एनएफएल) को खेलमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि मैदानमा लडेका छन् । त्यसपछि उनलाई हृदयाघात भयो र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
२४ वर्षका ह्यामलिन द बफेलो बिल्सका लागि खेल्छन् । उनीहरुको खेल सिनसिनाटी बेङ्गल्सविरुद्ध थियो ।
खेलको पहिलो क्वार्टरमा ठक्कर लागेको थियो । समाचार एजेन्सी एएफपीका अनुसार उनलाई पहिलो ३० मिनेट मैदानमै उपचार दिइएको थियो । पछि स्थानीय अस्पतालमा भर्ना गरियो । घटनाको एक घण्टापछि एनएफएलले खेल स्थगित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन