डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी

काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी प्रदान गरेको छ।
सामसङको यो पहलले आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुद बनाएर ग्राहकहरूको मन जित्ने कम्पनीको दावी छ। कम्पनीका अनुसार यसले ईवेष्ट न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ।
आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरुमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी, आफ्ना उपकरणहरुको गुणस्तरलाई अझ मजबुद बनाई उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दावी छ।
कम्पनीका अनुसार घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापनले समय र ऊर्जा खर्च मात्र गर्दैन तर भौतिक फोहोर पनि उत्पादन गर्दछ । तसर्थ, यो पहलले उपभोक्ताहरूको आत्मविश्वास पनि जित्ने सामसुङ नेपालका कन्ज्युमर इलेक्ट्रोनिक्स व्यवसायका उपमहाप्रबन्धक आलोक कुमार गुप्ताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध