काबुलमा चार अपहरणकारी मारिए, एक व्यापारीको उद्धार
मङ्गलबार, १९ पुस २०७९, १५ : ४०

अफगान । अफगान प्रहरीले सोमबार अबेर राति काबुल सहरमा चार अपहरणकारीको हत्या गरेपछि एक व्यापारीको उद्धार गरेको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताएका छन् ।
अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल शहरको तैमानी क्षेत्रबाट एक व्यापारीलाई अपहरण गर्ने प्रयास गरिरहेको थियो । तर प्रहरीले चार अपहरणकारीलाई गोली हानेर व्यापारीलाई उद्धार गरेको थियो ।
तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारले युद्धग्रस्त देशमा अपहरण, लागूऔषध ओसारपसार, सशस्त्र डकैती र आतङ्कवादी जस्ता अपराधी र गैरकानूनी गतिविधिहरूमाथि कारबाही गर्ने वाचा गरेका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?