समाचार
अवकाशमा जान लागेका उपरथी प्रेमप्रकाश सैनिक प्रहरीको नियन्त्रणमा
मङ्गलबार, १९ पुस २०७९, १४ : ४२

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । निरीक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाही पुस २० मा नियमित अवकाशमा जाँदैछन् । तर, अवकाशमा जानुअघि उनलाई सैनिक मुख्यालय जङ्गी अड्डामा नियन्त्रणमा लिएर राखिएको हो ।
उपरथी शाहीलाई छानबिनका लागि जङ्गी अड्डामा बस्न आदेश भएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँसँग केही विषय बुझ्नुपर्ने भएकाले जङ्गी अड्डास्थित ब्यारेकमा बस्न भनिएको छ ।’ उनलाई के विषयमा छानबिन गर्न लागिएको भन्नेबारे भने खुलाइएको छैन ।
सैनिक प्रहरीले नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पतालमा लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
कांग्रेस फकाउँदै ओली, गगन–शेखरको ‘प्रेसर’ देउवालाई भारी
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’