स्थानीय तह, प्रदेश र राष्ट्रिय सभाबीच सहकार्यका लागि वैधानिक फोरम आवश्यक : सभापति रावल
काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल (थापा) ले स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभाबीचको जीवन्त सहकार्यका लागि एउटा छुट्टै वैधानिक फोरम आवश्यक रहेको बताएकी छन् । स्थानीय तह र प्रदेशसभा सदस्यहरुबाट राष्ट्रियसभाका सांसदहरु निर्वाचित हुने भएकाले उनीहरुबीचको सहकार्य र समन्वयलाई जीवन्त बनाउन एउटा छुट्टै वैधानिक फोरम बनाउनुपर्ने उनको तर्क थियो ।
मंगलवार काठमाडौंमा आयोजित ‘प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताको प्रतिकको रुपमा रहेका तीन वटै तहबीच जीवन्त सम्बन्ध कायम गर्न पनि त्यस्ता खालका फोरम आवश्यक पर्ने भएकाले आगामी दिनमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले त्यस कामलाई पूरा गर्नुहुने विश्वास समेत व्यक्त गरिन् ।
सभापति रावलले विगतमा पनि आफूहरुले राष्ट्रिय सभाको नियमावली संशोधनको बेला त्यो कुरालाई अघि बढाएको उल्लेख गर्दै अब पूरा हुने अपेक्षा गरिएको पनि बताइन् । उनले आफूहरु प्रदेशसभासँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको पनि बताइन् । प्रदेश सभालाई मुलुकको सुशासन र समृद्धिमा योगदान पुग्नेगरी नीति तथा कानुन निर्माणको काम गर्न पनि सभापति रावलले आग्रह गरिन् । विगतमा स्रोत, साधन र कानुनको अभावमा प्रदेश सभाहरूले चाहेजस्तो काम गर्न नसकेको स्पष्ट पार्दै सभापति रावलले अब विगत ५ वर्षको कार्यकालको अनुभवबाट सिकेर अघि बढनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराइन् । उनले स्पिकर्स फोरम नेपालले विगत ५ वर्षको अनुभव नयाँ प्रदेश सभालाई हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा समेत राखिन् ।
सभापति रावलले विगतमा पनि राष्ट्रिय सभा र त्यसका विषयगत समितिहरूले प्रदेश सभाको कामलाई प्रभावकारी बनाउन सहकार्यमा जोड दिएको स्मरण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते