मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आले र राईलाई जबराले खुवाए शपथ

मङ्गलबार, १९ पुस २०७९, १२ : ५८
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।  आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन् । 

गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए । आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन सकेका थिएनन् । पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप