जाडोमा गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
‘जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ’, कम्पनीले भनेको छ, ‘सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उहाँहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागिएको हो ।’ सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्न सक्नेछन् ।
सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाइने कम्पनीले जनाएको छ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरुले ५० प्रतिशत छुट पाइनेछ भने इन्जिन कुलिंग, एसी÷ हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट दिइने कम्पनीको भनाइ छ । सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् काठमाडौँ महानगरको शैक्षिक मेला
-
मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा
-
पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा शाहीको उम्मेदवारी घोषणा
-
कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान
-
प्रथम नेपाली नर्स विद्यावती कंसाकारको कथा
-
सङ्खुवासभामा महिलाको शव फेला