फिल्म ‘अन्तिम संस्कार’मा हाम्रो आफ्नै कथा छ– विजय

काठमाडौं । कलाकार तथा पाइलट विजय लामाले ‘अन्तिम संस्कार’ आइरहेका फिल्म भन्दा बिल्कुलै फरक रहेको बताएका छन् । उनले नामले अलि कस्तोकस्तो लागेपनि फिल्म हेर्न लायक र उत्कृष्ट भएको दाबी गरे ।
‘कलाकार भएपछि केही फरक गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ’ उनले भने, ‘यो खालको फिल्ममा काम गर्न जो–कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन् ।’ निर्माताले पनि ठूलो चुनौती मोलेर फिल्म निर्माण गरेको उनले सुनाए ।
‘अन्तिम संस्कार’ लाई लण्डनमा फिल्म मेकिङ पढेर आएका प्रदीप शाहीले निर्देशन गरेका हुन् । निर्देशकको केही समयको रिसर्च, कलाकारहरुको वर्कशप पश्चात मात्रै फिल्म बनाएका हुन् ।
हिमालपारीको जिल्ला मुस्ताङमा माइनस डिग्री सेल्सीयसमा छायाँकन भएको फिल्म लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा साइन गरेका थिए । सोही कारण आफ्नो लागि यस फिल्म भावनात्मक हिसाबले पनि विशेष रहेको उनको भनाइ छ ।
साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ, विनोद सुवेदी लगायतको निर्माण रहेको छ ।
फिल्ममा विजयका अलावा दिया पुन, एवन राज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्ण भक्त महर्जन लगायतको मुख्य अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?