सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

‘नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङ छ’

मङ्गलबार, १९ पुस २०७९, १० : ०३
मङ्गलबार, १९ पुस २०७९

नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आरोप लगाएका छन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा फिक्सिङ भएको तिमिल्सिनाले बताएका हुन् । 

‘मैले नेपाली क्रिकेटमा यस्ता घटनाहरू देखे जुन पहिले कहिले देखेको थिएन । सन् २०१७ भारतीयहरूले आयोजना गरेको एसियन प्रिमियर लिगमा फिक्सिङ भएको थियो । मलाई क्यान नै लागेपछि क्रिकेट सफा हुन्छ भन्ने लागेको थियो । तर, यसमा भएन,’ सचिनले भने । 

सचिनले लिगमा हुने फिक्सिङले खेलको नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको बताए । ‘खेलको पुरै फिक्सिङ छ । यसले खेलको रिजल्टमा कुनै असर पार्दैन । तर, खेलको बीचमा हुने क्रियाकलपमा भने असर पर्छ,’ उनले भने । 

आज नै जारी प्रतियोगितामा पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा खेल टस नहुँदै खेल अन्योलमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप