खेलकुद
नेपाल टी–ट्वान्टी लिगमा विवाद : खेलाडीले टस गर्न मानेनन्
मङ्गलबार, १९ पुस २०७९, ०९ : ५६

नेपाल टी–ट्वान्टी लिगमा विवाद उत्पन्न हुँदा खेलाडीले टस गर्न मानेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगितामा पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा खेल टस नहुँदै अन्योलमा परेको हो ।
मंगलबार बिहान काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीच खेल हुँदैछ । दुवै टोलीका खेलाडीले टस नै गर्न मानेका छैनन् । टस बिहान ८ः३० मा हुनुपर्ने थियो ।
दुवै टोलीले प्लेइङ–११ मा नाम दर्ता समेत गराएका छैनन् । खेलाडीले खेल अघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो ।